दक्षिण भारतमा दश वर्षीय नेपाली बालकमा संक्रमण

जनपत्र
९ बैशाख २०७७, मंगलवार ०७:२६

दक्षिण भारतीय शहर बैंग्लोरमा १० वर्षीय नेपाली बालकमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । यी बालकमा एक साताअघि संक्रमण पुष्टि भएको हो । हाल उनको बैंग्लोरकै भिक्टोरिया अस्पतालमा उपचार भइरहेको छ । र अवस्था सामान्य रहेको बालकका बुवाले जानकारी दिएका छन् ।

यसअघि यी बालकका बुवा आमालाई पनि कोरोना भाइरसको संक्रमण भएको थियो । सुदूरपश्चिम बझाङंको चैनपुरी निवासी यो नेपाली परिवार कामको सिलसिलामा भारतमा बस्दै आएको छ । अघिल्लो महिना बालकका ४५ वर्षीय बुवा र ३५ वर्षीया आमामा कोभिड १९ पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*