अमेरिकामा इतिहासमै पहिलोपल्ट कच्चा तेलको मूल्य ऋणात्मक

जनपत्र
९ बैशाख २०७७, मंगलवार ०७:२०

अमेरिकामा इतिहासमै पहिलो पटक ऋणात्मक भएको छ । कच्चा तेलको मूल्य शून्यभन्दा पनि तल झरेको हो । कच्चा तेलको माग घटेको र भण्डारण क्षमता कम हुँदा तेलको मूल्यमा भारी गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अमेरिकामा तेलको बेन्चमार्क मानिने वेस्ट टेक्सस इन्टरमिडियट ९डब्लूटीआई० मा मूल्य घटेर माइनस ३७।६३ डलर प्रतिब्यालेर पुगेको छ । यो गिरावटले विश्वभरका तेल बजारमा असर परेको छ । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्टमा पनि कच्चा तेलको मूल्य ८।९ प्रतिशत घटेको छ । यहाँ तेलको मूल्य घटेर २६ डलर प्रतिब्यारेल भएको छ ।
यसरी गिरावट हुनुको अर्थ, तेल उत्पादक देशहरुले अब खरिदकर्तालाई पैसा दिएर तेल किन्न अनुरोध गर्नुपर्ने अवस्था आएको हो । तेल नबिक्दा उत्पादक मुलुकहरुमा भण्डारणको समस्या बढ्ने देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*