कोरोनाबाट अपडेटः चौबिस घण्टामा ५३ सय बढीको मृत्यु, करिब ७४ हजार बिरामी थपिए
कोरोना भाइरस ‘कोभिड-१९’ को संक्रमणबाट पछिल्लो चौबिस घण्टामा विश्वभर ५ हजार ३ सय बढीको मृत्यु भएको छ भने करिब ७४ हजार जना नयाँ बिरामी थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार सोमबार विश्वमा कोरोना भाइरस संक्रमणका कारण ५ हजार ३ सय ६६ जनाले ज्यान गुमाएका छन्। सोमबार नै विश्वभर ७३ हजार ९ सय २८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
अघिल्ला दिनहरुमा जस्तै सोमबार पनि अमेरिकाम कोरोनाक कारण सबैभन्दा बढीको मृत्यु र सबैभन्दा धरै बिरामी थपिएका छन्। अमेरिकामा सोमबार १ हजार ९ सय ३९ जनाको मृत्युको कारण कोरोना भाइरस बन्यो भने २८ हजार १ सय २३ जना नयाँ संक्रमित अस्पताल पुगे।





