जर्मनीमा कोरोना नियन्त्रणमा आएको दाबी‚ मेदेखि विद्यालय सञ्चालन गर्ने योजना
जर्मन स्वास्थ्यमन्त्री जेन्स स्पानले जर्मनीमा कोरोना संक्रमण अहिले नियन्त्रणमा आएको बताएका छन्। उनले एक महिना लामो लकडाउनपछि कोरोनाको संक्रमणमा धेरै नै कमी आएको बताएका हुन्।
उनका अनुसार गत १२ अप्रिलदेखि यता निको निको भएर घर फर्किने बिरामीको संख्या ह्वात्तै बढेको छ। अहिले संक्रमण रेट ०।७ प्रतिशतमा झरेको छ। जर्मनीमा अहिलेसम्म ३ हजार ८ सय ६८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। यो संख्या इटाली‚ स्पेन र फ्रान्सको भन्दा कम हो। त्यसैगरी जर्मनीमा कोरोना संक्रमितको संख्या १ लाख ३४ हजार रहेको छ।
जर्मनीमा मानिसलाई बाहिर निस्कन कडा प्रतिबन्ध लगाइएको थियो। विशेषगरी बाभारिया र सार्ल्यान्डमा कडा निगरानी राखिएको थियो। एन्जेला मार्केलले प्रतिबन्ध केही खुकुलो पार्ने बताइसकेकी छन्। केही साना पसलहरू आगामी सातादेखि खुल्ने उनले बताएकी हुन्। त्यसैगरी मेको सुरूतिरबाटै विद्यालय पनि खुल्ने बताइएको छ। नेपाललाईभबाट






