अमेरिकी कैदीको दाबी–रिहा गरे कोविड–१९ को औषधी बनाउँछु

जनपत्र
८ बैशाख २०७७, सोमबार ०६:५९

महामारीका रुपमा फैलिएको प्राणघातक कोरोना भाइरसको कहरबाट विश्व समुदाय हाहाकारमा छ । कोविड–१९ महामारीको औषधी पत्ता नलागेका कारण विव समुदाय संकटको स्थितिमा छ । कोरोना भाइरससँग जुध्न विश्वभरका वैज्ञानिकहरु औषधी पत्ता लगाउन प्रयासरत छन् । यसैबी अमेरिकाको जेलमा बन्दी जीवन बिताउँदै आएका एक कैदीले कोराना भाइरसविरुद्धको औषधी पत्ता लगाउने आफू एकमात्र व्यक्ति भएको दाबी गरेका छन् ।

हिन्दूस्तान लाइभ डटकमले फार्मास्यूटिकल कम्पनीका कार्यकारी अधिकारी रहिसकेका कैदी मार्टिन स्क्रेलीले कोरोना भाइरसविरुद्धको औषधी पत्ता लगाउन सक्ने दाबी गरेको उल्लेख गरेको छ । स्क्रेलीलाई ठगी मुद्दामा अमेरिकाको अदालतले सात वर्षको जेल सजाए तोकेको छ । उनले आफूलाई अणु संयोजन, प्रिक्लिनिकल ट्राइल र नैदानिक परीक्षणको लामो अनुभव भएको पनि बताइरहेका छन् ।

“मलाई जेलबाट बाहिर निकालिए दुनियाँको कल्याण गर्न सक्छु,” स्क्रेलीले भनेका छन् । उनले आफूलाई मात्र तीन महिनाको छुट दिन पनि आग्रह गरेका छन् । स्क्रेलीले आफू र आफ्ना सहयोगीहरुले अहिलेसम्म आठ प्रकारका औषधीको खोज गरेको र ती औषधीहरु कोरोनालाई हराउन सक्ने दाबी गरेका छन् । बाह्रखरीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*