कोरोनाको त्रासः शहरबाट मकवानपुरका गाउँ फर्कने बढे
अहिले शहरमा वसेकाहरु गाउँ फर्कर्नेहरुको धेरै लर्कोनै लागेको छ । काठमाण्डौ, पोखरा, चितवन लगायतका देशका धेरै शहरबाट गाउँफर्कनेहरु मकवानपुरमा पनि धेरै छन् । जव समस्या पर्छ त्यसपछी गाउँ फर्कनेहरु धेरे वढ्ने गरेका छन् । म सानो छदा मेरा छिमेकि काकाले गाउँमा बस्दा छोरा छोरीको भबिस्य बिग्रन्छ भनी शहर लैजानु भएको थियो । तर त्यही काका अहिले गाउँमा नै बस्ने निर्णय गरेका छन् । गाउँमा नै रमाउन थालेका छन । हामी सानो छदा हामिलाई गिज्जाउनेहरु सबै गाउमा बस्न बाध्य भएका छन् । गाउँमा बस्दा पाखे भइन्छ भनेर गाउका मान्छेहरु शहर तिर लाग्थ्ये ।
सेवा सुविधा शहरमा नै हुन्थ्यो । तर सुरक्षा हुदो रहेछन भन्ने कुरा भर्खरै थाहा पाउदै छन । शहर धेरै बिकसित भएकोको ठाउ र शहर मा गाउ जस्तो दुख गर्नु नपर्ने भनी मान्छेहरु गाउ छाडी शहरमा बस्न रुचाउथे । तर, अहिले त्यस्को ठिक उल्टो भएको छ । शहरका मान्छेहरुलाई गाउ प्यारो लाग्न थालेको छ । प्यारोमात्र होइन सुरक्षित महसुस हुन थालेको छ । शरहका जीवनशैली, धन सम्पती र विकास अहिले निरर्थक वनेको छ । कोरोना भाईरसले अहिले सवैलाई समान वनाई दिएको छ । ठुला हुन वा साना, अविकशित हुन विकसित, धनि हुन वा गरिब कोरानाले एउटै व्यवहार गरेको छ । कोरोनाको त्रास नेपालमा पनि देखिएपछि नेपाल सरकारले चैत ११ गते बाट लकडाउन गर्ने निर्णय गरेपछि शहरमा बस्नेहरु राती नै गाउ फर्कन थालेका थिए । अहिले पनि त्यो क्रम जारी छ ।
शहरमा रहेका पोकापन्तरा, वालवच्चा वोकेर ५ दिन लगाएर आफनो गाउतिर पुग्दै छन । लकडाउन भैसकेपछी शहरमा बसेर खाना नसक्ने अबस्था आउने हुदा उनीहरु गाउमै फर्किएका हुन । शहरमा बस्दा कहिले भुकम्पको डर त कहिले देश नै लकडाउन हुने हुदा शहरमा बस्नेहरुलाई गाउ नै प्यारो भएको छ । गाउ बस्दा कोहि कसैको डर नहुने र आफनै बारिमा अन्न उब्जाउ गरी खाना पाइने हुदा गाउकै जिबन राम्रो लाग्न थालेका छन् । लकडाउन भएर काठमाडौंबाट हेटौंडा १४ मात्रै २ सय जना भन्दा नागरिक घर आए । गाउमा भने मकैको पिठो भए पनि खान पाइने भरोसा आसले उनीहरु गाउ फर्केको बताए ।
गाउमा मान्छेहरुले बारीमा कोदो , मकै , धान खेती गरेर १ बर्ष सम्मलाई खान पुग्ने गरि भकारीमा जम्मा गरेर राखेको हुन्छ । कोरोना भाईरसको त्रासले शहरमा बस्ने मानिसहरु गाउमै घर बनाएर बस्ने निर्णय गर्न थालेका छन । कोरोनाले गाउँको महत्व वढाएको छ । शहरमा बस्दा कुनै भरोसा नहुने हुदा अन्त्यमा गाउ नै रोज्नु परेको छ शहर पलाएन हुनेहरुलाई । सिस्नु, जाउलो खाएर भए पनि गाउ मै बस्नु पर्ने रैछ भन्ने सोच भएको छ सबैलाई साच्चै गाउले जीवन धेरै राम्रो । हाम्रो गाउ भरी कोदोको खेती हुने रोपने बेला उस्तै रमाइलो अनि गोडने बेला उस्तै रमाइलो खेतालाहरु बरी भरी गित गाउदै कोदो रोप्थे गितको सुरमा काम गरेको थाहा पनि नहुने, अल्छि पनि नलाग्ने । थकाइ पनि नलाग्ने अहिले गाउमा लकडाउनको सदुपयोग पनि भएको छ ।
बारिमा मल बोक्ने, मकै छर्ने, मकै गोडने काम भईरहेको छ । गाउँलेहरु कोरोनासंग त्रसित पनि छैनन । गाउमा शहरमा जस्तो कोरोनाको जस्तो धेरै प्रभाव परेको छैन । सबै आ आफनो बारिको काममा ब्यस्त छन् । गाउमा खेती गर्न छाडी शहर छिरेपछी गाउका जमिन बाझो वन्दै गएको थियो । अव वाझो जमिनमा खेती हुने भयो । ‘शहरका घरहरु नजिक हुन्छन, मनहरु टाढा हुन्छन, गाउँमा घरहरु टाढा,टाढा हुन्छन, तर मनहरु न्जिक हुन्छन ।’ ‘गाउँमा घरहरु कच्चि हुन्छन, सम्वन्धहरु पक्कि हुन्छन, शहरमा घरहरु पक्कि हुन्छन सम्वन्धहरु कच्चि हुन्छन । यो भनाई अहिले सार्थक हुदै गएको छ ।







