बन्दुकसहित लकडाउनको विरोधमा अमेरिकामा प्रदर्शन, ट्रम्पले गरे समर्थन

जनपत्र
६ बैशाख २०७७, शनिबार ०७:०४

अमेरिकाका विभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका पक्षधरहरुले लकडाउनको विरोध गर्दै प्रदर्शन गरेका छन् । ट्रम्पले प्रदर्शनकारीको समर्थन गरेपछि प्रदर्शनका घटना बढेका हुन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि राज्यहरुले घरमै बस्नु पर्नेसहितका लकडाउनका कडा नियमहरु लागु गरेका छन् । त्यसको विरोधमा ट्रम्प समर्थकहरुले बन्दुकसहित बाहिर निस्किएर प्रदर्शन गरेका हुन् ।

ट्रम्पले ट्वीट गरेर प्रदर्शनकारीको समर्थन गर्दै लकडाउन खुकुलो पार्न माग गरेका हुन् । उनले मिनेसोटा, मिसिगन तथा भर्जिनियामा लकडाउन खुकुलो पार्नु पर्ने भन्दै ट्वीट गरेका छन् ।

प्रदर्शनकारीले लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएको र त्यसले नागरिकलाई समस्यामा पारेको बताएका छन् । तर स्वास्थ्य अधिकारीले भने लकडाउन हटाएमा वा खुकुलो पारेमा संक्रमण थप फैलिन सक्ने चेतावनी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*