अमेरिकामा एकैदिन २५ सयको मृत्यु, मृतक संख्या ३७ हजार, संक्रमित संख्या ७ लाख नाघ्यो
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या झन् बढ्दै गएको छ । शुक्रबार मात्र त्यहाँ एकै दिन हालसम्मकै सर्वाधिक २५ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।
यो समाचार तयार गर्दासम्म अमेरिकामा कोरोना भाइरसका कारण ३७ हजार १५४ मानिसको ज्यान गइसकेको छ । शुक्रबार ‘पछिल्लो २४ घण्टामा’ मात्रै त्यहाँ २ हजार ५३५ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।
शुक्रबार ३२ हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । यससँगै अमेरिकामा कोरोना संक्रमतिको संख्या ७ लाख ९ हजार ७३५ पुगेको छ ।





