विश्व कोरोना अपडेटः संक्रमित २२ लाख र मृतक डेढ लाखनजिक

विश्वभर कोरोना भाइरसको संक्रमण भएका मानिसको संख्या २२ लाख पुग्न लागेको छ भने यसबाट मृत्यु भएकाको संख्या डेढ लाख हुन लागेको छ।
विश्वभरको कोरोना तथ्यांक अपडेट गर्ने वर्ल्डओमिटर नेपाली समय शुक्रबार बिहान ७ बजेसम्मको तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या २१ लख ८१ हजार ३ सय ८ पुगेको हो। यस्तै यसबाट मृत्यु भएकाको संख्या १ लाख ४५ हजार ४ सय ७० पुगेको छ। यसैगरी यो खबर लेख्दासम्म ५ लाख ४९ हजार ०६९ जना निको भएका छन्।