कोभिड १९ : १९ लाख ९८ हजारभन्दा धेरै सङ्क्रमित, चार लाख ७८ हजारभन्दा धेरै निको भए
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० का कारण १९ लाख ९८ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् ।
कोभिड १९ बारे विश्वभरिको तथ्याङ्क सार्वजनिक गर्दै आएको वल्डोमिटरका अनुसार अहिलेसम्म यो भाइरसबाट १९ लाख ९८ हजार एक सय जना सङ्क्रमित भइसकेका छन् । एक लाख २६ हजारभन्दा धेरैको ज्यान गएको छ ।
सङ्क्रमितमध्ये चार लाख ७८ हजार दुई सयभन्दा धेरै उपचारपछि निको भएका छन् भने १३ लाख ९२ हजारको उपचार भइरहेको छ, जसमध्ये ५१ हजारभन्दा धेरैको अवस्था गम्भीर छ ।






