स्थानीयलाई घरमै बसाउन इन्डोनेसियामा भुुतको सहारा

जनपत्र
२ बैशाख २०७७, मंगलवार ०७:५७

कोरोना भाइरस संक्रमण फैलन नदिन सामाजिक दुरी कायम गराइरहेको इन्डोनेसियाले नागरिकलाई घर बाहिर आउन नदिन भुतको सहारा लिएको छ। उसले केही गाउँमा स्वयम्सेवकहरुलाई भुतको जस्तै लुगा लगाएर चोकमा बसाउने गरेको।बिबिसीले लेखेको छ।

जाफा आइल्यान्डको गाउँमा यो जुक्ति निकालिएको हो। भुत जस्तै बनेका स्वयंसेवक बेलुका चोक चोकमा बस्छन्। इन्डोनेसियामा कोरोना संक्रमितको संख्या ४ हजार ५ सय पुगिसकेको छ। संक्रमणबाट ४ सयको मृत्यु भइसकेको छ। विज्ञहरूले देशभरमा संक्रमणको अवस्था भयावह भएको दावी गरिरहेका छन्। इन्डोनेसियामा लकडाउन गरिएको छैन।

लकडाउन नगर्दा नगरवासीहरु सडकमा निस्कने र प्रार्थना गर्न जाने गरेपछि युवाहरूले जनचेतना जगाउन भुतको प्रयोग गरेका हुन्। भुतको प्रयोगपछि स्थानियहरुको आवागमन केही घटेको छ। नेपाललाईभबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*