भारतमा कोरोनाका कारण डरलाग्दो अवस्थाः सोमबारमात्रै थपिए १ हजा २४८ संक्रमित
भारतमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । सोमबारमात्रै १२३५ जनाभन्दा बढी संक्रमित फेला परेका छन् । योसँगै भारतमा संक्रमितको संख्या १० हजार नाघेको छ । सोमबार नयाँ संक्रमित यति धेरै फेला परेको यो पहिलो रेकर्ड हो । त्यस्तै सोमबारमात्रै २७ जनाभन्दा बढीको ज्यान गएको छ ।
हालसम्म भारतमा कोरोना भाइरसका कारण ३५८ पुगेको छ । भारतमा यही अनुपातमा कोरोना भाइरस फैलिएमा भयावह अवस्था आउने अधिकारीहरुले बताएका छन् । मिडिया रिपोर्टका अनुसार भारतमा बेलैमा उच्च सतर्कता अपनाउन नसके अमेरिकामा भन्दा पनि ठुलो बिनाश आइपर्ने अनुमान गरिएको छ । भारत पुर्णरुपमा लकडाउन रहेको छ । लकडाउन निरन्तरताका लागि राज्य सरकारले समेत आफैले निर्णय समेत गरिसकेका छन् । मोदी सरकारले यसबारे गम्भीर हुनु आवश्यक रहेको अधिकारीहरुले बताएका छन् ।