भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११७ पुग्यो, चार हजार बढी संक्रमित

जनपत्र
२४ चैत्र २०७६, सोमबार ०७:१९

कोरोना भाइरसको संक्रमणबाट भारतको महाराष्ट्रमा एकैदिन १८ जनाको मृत्यु भएको छ। भारतमा मृत्यु हुनेको संख्या १ सय १७ पुगेको भारतीय अधिकारीहरुले जनाएका छन्। त्यस्तै आइतबारमात्र भारतमा ७ सय बढी संक्रमित थपिएका छन्। योसँगै भारतमा संक्रमित हुनेको संख्या ४ हजार नाघेको छ, जसमध्ये ३ हजार ८७४ जना उपचाररत छन् भने ३२८ जना उपचारपछि घर फर्किएका छन्।

सबैभन्दा बढी महाराष्ट्र प्रदेशमा ४५ जनाको मृत्यु भएको छ। त्यसपछि तेलं‌गानामा १२, मध्यप्रदेशमा १३, गुजरातमा ११, दिल्लीमा ७, पश्चिम बंगालमा ६, राजस्थानमा ५, कर्नाटकमा ४, पंजाबमा ७, तमिलनाडुमा ५ जनाको मृत्यु भएको छ।

यसैबीच कोरोनाविरुद्ध एकताको सन्देश दिन आइतबार राति ९ बजे भारतभरि दिप प्रज्जवलन गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले गत शुक्रबार भिडियोसन्देशमार्फत् आइतबार राति ९ बजे ९ मिनेटसम्म बत्ति बन्द गरेर दीप प्रज्जवलन गर्न आह्वान गरेका थिए। सोहीअनुरुप भारतभरि आइतबार राति ९ बजे ९ मिनेटसम्म दीप प्रज्जवलन गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*