फ्रान्समा अन्धाधुन्ध चक्कु प्रहार हुँदा दुईजनाको मृत्यु, पाँच घाइते
फ्रान्समा अन्धाधुन्ध चक्कु आक्रमण हुँदा दुईजनाको मृत्यु भएको छ । अरु पाँचजना घाइते भएका छन्। फ्रान्सको दक्षिण–पूर्वी क्षेत्रमा रहेको रोमँस–सुर–इसेर बजारमा भएको घटनालाई आन्तरिक मामिला मन्त्रीले आतंकवादी घटना रहेको बताएका छन् ।
बजारमा रहेको तमाखु पसलमा आक्रमणकारी पसेर त्यसका मालिक तथा एक ग्राहकलाई आक्रमण गरेका हुन् । आक्रमणकारी त्यसपछि नजिकैको मासु पसलमा गएर अरु व्यक्तिमाथि पनि चक्कु प्रहार गरेका हुन्। सुडानबाट आएका ३३ वर्षका व्यक्तिलाई आक्रमणमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् ।






