कोरोना भाइरसः फ्रान्समा एक दिनमै १३५५ जनाको मृत्यु

जनपत्र
२१ चैत्र २०७६, शुक्रबार ०७:५१

कोरोना भाइरसका कारण फ्रान्समा एक दिनमै १३५५ जनाभन्दा बढीको ज्यान गएको छ । यो एकदिनमा हालसम्मकै सबैभन्दा बढी ज्यान गएको रेकर्ड हो । यो सँगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ३८७ पुगेको छ । फ्रान्समा पछिल्लो समय भाइरसका कारण मृत्युदर उच्च रहेको छ ।

त्यस्तै संक्रमतिको संख्या झण्डै ६० हजार पुगेको छ । मिडिया रिपोर्टका अनुसार फ्रान्सका क्षेत्रिय अस्पतालमा औषधि अभावका कारण धेरै जनाको ज्यान गएको हो । संक्रमितको संख्या बढ्दै गर्दा चिकित्सकहरुले दिने सुविधामा पनि उत्तिकै कमी आएपछि विरामीहरुको ज्यान जान थालेको बताइएको छ । यतिधेरै संख्यामा ज्यान ज्यानुले देशमा अर्को संकट ल्याउने अधिकारीहरुले बताएका छन् । मिडिया रिपोर्टका अनुसार फ्रान्स सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरे पनि केही क्षेत्रमा सरकारको नीति पालना नहुँदा यो संकट आइपरेको हो । साझापोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*