आज चट्याङसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान

जनपत्र
१८ चैत्र २०७६, मंगलवार ०७:२०

आज बेलुकीदेखि देशका केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले बेलुकीदेखि भने केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको हो । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

ठूलो पानी वा भारी हिमपातको सम्भावना भने कतै पनि नरहेको महाशाखाको भनाई छ । मनसुन अघिको अवस्था रहेकाले नजिकै कतै पानी पर्दा नजिकै अर्को ठाउँमा भने पानी नपर्न पनि सक्छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :

चैत्र १८ गते मंगलबार

दिउँसोः देशको पश्चिमी भू-भागमा आँशिक देखि सामान्य बदली र मध्य र पुर्वका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ ।

रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली , मध्य र पुर्वका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरहावाहुरी सहित वर्षा हुन सक्ने देखिएको छ । हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ

चैत्र १९ गते बुधबार

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका एक र दुई स्थानमा र मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ्र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ्र

रातीः देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका एकरदुई स्थानमा मेघ गर्जनरहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ  हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ

चैत्र २० गते बिहीबार

दिउँसोः देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका एकरदुई स्थानमा र मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ्र हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ्

रातीः देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका एकरदुई स्थानमा र मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ्र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*