भारतमा ठूलो समस्या भइसक्यो कोरोना

केही दिनअघि सम्म भारतमा एउटा पनि कोरोना भाइरसको गम्भीर केस देखिएको थिएन । तर, अब विस्तारै त्यहाँ निकै ठूलो समस्याका रुपमा कोरोना भाइरस देखिइसकेको छ ।
कोरोना भाइरसका कारण अहिले भारत २१ दिन लकडाउनमा छ । तर, प्रत्येक दिन त्यहाँ नयाँ कोरोानका संक्रमित देखिएका छन् । यही रेसियोमा त्यहाँ कोरोना संक्रमण हुने जाँदै हो भने अबको १० दिनमा कम्तिमा पनि १० हजार जना भारतीयमा कोरोना संक्रमण देखिने विश्लेषण अधिकारीहरुले गरेका छन् ।
भारतमा पछिल्ला पाँच दिनमा कम्तिमा पनि ६० नयाँ कोरोना भाइरसका संक्रमितहरु देखिएका छन् । अहिले त्यहाँ ७५० जना कोरोना संक्रमित छन् । यीमध्ये ५९३ जनाको उपचा भइरहेको छ । १७ जनाको मृत्यु भएको छ भने ४३ जना पूर्णरुपमा स्वस्थ्य भएका छन् । बुधबारमात्र भारतका २० राज्यमा नयाँ संक्रमण देखिएको छ ।