कोरोना भाइरसबाट मृत्युको संख्यामा चीनलाई इटालीले उछिन्यो

जनपत्र
७ चैत्र २०७६, शुक्रबार ०६:०२

कोरोना भाइरसबाट मृत्यु हुने संख्यामा चीनलाई इटालीले उछिनेको छ । बिहिबार साँझको पछिल्लो तथ्यांक अनुसार इटालीमा ३४०५ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

इटालीको सिभिल प्रोटेक्सन एजेन्सीले पत्रकार सम्मेलन गरी चीनको भन्दा १५६ जना बढी मानिसको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको जानकारी दिएको हो । जोन हप्किन्स युनिभर्सिटीको तथ्यांक उल्लेख गर्दै सीएनएनले चीनमा मृतकको संख्या ३२४९ रहेको उल्लेख गरेको छ ।

तर, संक्रमितको हालसम्मको संख्यामा भने चीन नै अगाडि रहेको छ । चीनमा ८१ हजार संक्रमित भइसक्दा झण्डै आधा ४१०३५ जना मानिस इटालीमा संक्रमित भएका छन् । छ करोड जनसंख्या भएको इटाली सिंगो देश नै लकडाउन छ ।

इटालीमा संक्रमितको संख्या बढ्दा मानिसहरुलाई घरमै बस्न भनिएको छ । युरोपका अन्य मुलुकहरुमा पनि सावधानी अपनाइएको छ । युरोपमा जर्मनी, फ्रान्स र बेलायतमा संक्रमण बढी फैलिइरहेको छ ।

– Photo Source: NBC News

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*