इटालीमा एकै दिनमा ४७५ को कोरोना भाइरसका कारण ज्यान गयो, मृत्यु हुने २९७८ पुगे
संसारकै सबैभन्दा तीव्र गतिमा कोरोना भाइरसको संक्रमण फैलिरहेको इटालीमा गत २४ घन्टामा यसका कारण ४७५ को ज्यान गएको छ।
एएफपीका अनुसार अहिलेसम्म संसारकै कुनै पनि देशमा एकै दिनमा कोरोना भाइरसका कारण भएको यो सबैभन्दा ठूलो मानवीय क्षति हो। योसँग इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २९७८ पुगेको छ।






