२ नम्बर प्रदेशले राजधानी पनि टुंगो लगाउन सकेन

जनपत्र
५ चैत्र २०७६, बुधबार ०६:२८

प्रदेश नम्बर २ को प्रदेश सभामा भएको मतदानले जनकपुरधामलाई राजधानी बनाउने प्रस्ताव विफल भएको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने चारवटै दलहरूको साझा प्रस्तावका रूपमा जनकपुरधामलाई अघि सारिएको थियो ।

सरकारमा रहेका समाजवादी र राष्ट्रिय जनता पार्टीका साथै नेकपा र कांग्रेस चारवटै दलका तर्फबाट प्रस्ताव गरिएको जनकपुरधामलाई मतदान गर्ने प्रदेश सांसदहरूले विफल तुल्याइदिएका हुन् । मंगलवार राति अबेर भएको मतदानमा जनकपुरधामको पक्षमा ५२, विपक्षमा पनि ५२ र ३ मत बदर भएको छ । प्रस्ताव पारित हुनका लागि जम्मा ७२ मत आवश्यक थियो ।

आजै भएको विभिन्न चरणको मतदानमा प्रदेश सभाले प्रदेश नम्बर २ का लागि प्रस्तावित सबै नामहरू समेत अस्वीकृत गरेको थियो । यससँगै तत्कालका लागि प्रदेशको नाम प्रदेश नम्बर दुई र अस्थायी राजधानी जनकपुरधाम नै हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*