कांग्रेस नेतृ चित्रलेखाको श्रीमान श्रीकृष्णलाई बुहारीले लगाईन शारिरिक शोषणको गम्भिर आरोप
पूर्व शिक्षामन्त्री तथा नेपाली कांग्रेसका सांसद चित्रलेखा यादवका पति डा। श्रीकृष्ण यादवमाथि आफ्नै बुहारीले शारिरिक शोषणको गम्भीर आरोप लगाएकी छन् । रानी यादव डा। श्रीकृष्ण र चित्रलेखा यादवकी बुहारी हुन् । उनले ससुरा श्रीकृष्ण यादवले आफूमाथि ५ बर्षदेखि यौनहिंसा गरेको कुरा सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेकी छन् । चित्रलेखाका पति श्रीकृष्ण यादव लोकसेवा आयोगका पूर्वसदस्य हुन् ।
ससुरा श्रीकृष्ण यादवले विगत ५ बर्षदेखि यौनदुब्यर्वहार गरेको बिषयमा सासु चित्रलेखा, श्रीमान र आफन्तलाई जानकारी गराए पनि सुनुवाई नभएकाले सामाजिक संजालमार्फत् सार्वजनिक गरेको उनले उल्लेख गरेकी छन् । उनले सामाजिक संजालमा पोष्ट गरेको ८ पेजको लिखित पत्रमा सासु चित्रलेखाले पति डा। श्रीकृष्णले यौनहिंसा गरेको थाहा पाएर पनि रोक्नुको साटो उल्टै उकासेको आसय उनको पत्रमा प्रकट गरिएको छ ।
चित्रलेखाकी बुहारी रानीले श्रीमानलाई पटक पटक ससुराबाट यौनहिंसाको शिकार भएकोबारेमा कुरा राख्दा उनले बेवास्ता गरेको पनि उल्लेख गरेकी छन् । रानीका श्रीमान अमेरिकामा बस्छन् । उनीहरुको ४ बर्षका एक छोरा पनि छन् । त्यही छोराका खातिर आफूले ५ बर्षदेखि ससुराको यौनउत्पीडन सहँदैआएको उनले उल्लेख गरेकी छन् । डा। श्रीकृष्ण यादवले गरेको यौनहिंसाका बारेमा सिरहामा उनका आफन्त सबैलाई सुनाउँदा पनि कोही पनि उनीहरुका शक्तिका कारण बोल्न नसकेको रानीले उल्लेख गरेकी छन् ।
रानी यादवले सामाजिक संजालमा सार्वजनिक गरेको हस्तलिखित पत्रमा प्रश्न गरेकी छन्– बुहारीलाई आफूसँग होटलको बन्दकोठामा ढोका लक गरेर २ घन्टासम्म कुन थकान मेटाउनका लागि राख्छन्, शारीरिक, सामाजिक वा मानसिक रु सासु चित्रलेखामाथि पनि उनले संगीन आरोप लगाएकी छन् । कुनै पनि महिलाले आफ्नो श्रीमानसँग कुनै महिलाको सम्बन्ध सहन गर्न तयार हुँदैनन्, तर ससुराले आफूलाई किस गर्दा वा अंगालो हाल्दा पनि ‘छोरा छैनन् यहाँ, त्यसो भएर मायाको फिल होस् भनेर सिकाउने सासुलाई कुन दर्जामा राखिन्छ भन्ने प्रश्न पनि गरेकी छन् । बिहे छोरासँग बेडसेयर बाबुसँग गर्ने कुन समाजमा हुन्छ रु रानीले प्रश्न गरेकी छन् ।
रानी यादवले आफूमाथि भएको यौनहिंसाको बारेमा लेखेकी छन्–ममाथिको घटना मैले आज आएर बताएको होइन । यो घटना सबभन्दा पहिले थाहा पाएको घरमा काम गर्ने मीन तामाङले हो । उसले थाहा पाएपछि उसलाई कामबाट निकालियो । त्यसपछि मैले धेरैलाई सुनाएँ तर सबैले हामी उनीहरुको अगाडि बोल्न सक्दैनौं भने । सिरहामा डा। श्रीकृष्णका भतिजा र बुहारीहरु, घरभाडामा बस्नेहरु, काठमाडौंको घरमा बस्ने हरि पासवान, पूर्वउपमेयर उपेन्द्र यादव, डा। श्रीकृष्ण यादवका भाइ जयनाथ यादव, चित्रलेखा यादवको भाइ मेयर विश्वमोहन यादवलगायतका विभिन्न मान्छेलाई पनि जानकारी गराए । एडभोकेट बिजय ठाकुरसँग पनि परामर्श लिएँ । तर मलाई मेरो घरका मान्छेहरुले अल्झाएर इज्जतको कारणले रोकेर राखे । र, मलाई पुनः लहान पठाइयो । अब म यो कार्य गर्न भन्दा उपयुक्त केही ठानिनँ । यो घटनाको बारेमा पहिलेदेखि नै होटलको स्टाफहरुलाई थाहा थियो । डा। श्रीकृष्णसँग जाँदा सबैले मेरो खिल्ली उडाउने गर्थे ।
यी सबै प्रश्नलाई मेरो मनमा ५ बर्षदेखि खेलाई एउटा बच्चाको आशा राखेर सहेर बसें । मैले यी सबै कुरालाई सहन नसकेर मृत्यु रोज्नुपर्ने अवस्था भएको थियो । ममाथि घटेका सम्पूर्ण घटनाको बारेमा मेरो घरपरिपवार लगायत कोहीमाथि तल छिमेकीहरुलाई जानकारी दिएँ । सबैले माइती गएर बस भने । तर त्यहाँ बस्दा पनि मलाई मेरो बच्चासँग छुटाउन खोजियो । मलाई प्रहरी बोलाउने धम्की दिइयो । मलाई मारेर पनि मेरो बच्चा लिन्छु भने । म लुक्दै बसें । सासु आएर भाडाको घरमा छिमेकीको अगाडि बेइज्जत गरेर गइन् । नन्द, ज्वाई आएर मेरो भाइलाई तेरो दिदीलाई कति पैसा चाहियो भनेर गए । अनि अचानक एक दिन विना जानकारी ससुरा र सासु आए, म तेरो छोरालाई बोला अनि जान्छु भनें । जबर्जस्ती आमा बाबुसँग मिलेर मलाई लगियो।
रानीले अगाडी लेखेकी छिन ुमलाई आज आएर टर्चर छ । भेट्यो भन्ने अब म यदि कुनै नराम्रो कदम चाले भने त्यसको जिम्मेवार चित्रलेखाको सम्पूर्ण परिवार हुनेछ । अपराधी डा श्रीकृष्ण यादव हो । मेरो ठूलो गल्ती एउटै हो कि मैले उनीहरुलाई बचाउन खोजे, उनीहरुको इज्जतको ख्याल गरें, मैले जानकारी सम्बन्धित निकायमा दिइनँ । तर मसँग प्रुफहरु सबै छन् । म जहाँ छु,अहिलेसम्म ठीक छु, तर अब मलाई केही भयो वा मेरो कारणले अरुलाई केही भयो भने त्यसको जिम्मेवार चित्रलेखा यादव र उनको सबै परिवार विशेषगरी डा। श्रीकृष्ण यादव ।ु
मेरो श्रीमान कहिले आउँछ भन्ने प्रश्न गर्दा तिमीलाई मेरो छोराले ‘फिजिकल स्याटिस्फ्याक्सन’ दिन सक्दैन । म दिन्छु भन्ने ससुरा बाबु कुन दर्जाको होला रु जुन श्रीमानलाई सबै जानकारी हुँदा पनि काम हुन देऊ, घरमा मिलाएर बस, म आउँदिन अहिले । यस्तो भन्ने श्रीमान कस्तो होला रु बाबुले गरेको यौनहिंसाका बारेमा सबै भन्दा पनि मेरो बाबु त्यस्तो होइन भन्ने श्रीमान मलाई के काम रु भनेर रानीले सामाजिक सञ्जालमा लेखेकी छिन।
ुमलाई स्वतन्त्रता चाहिन्छ । प्लीज, यो कुरा सबैले बुझिदिनुहोला । यो केसमा अरुलाई दोषी नबनाउनुहोला । यसको एउटै कारण हो, श्रीकृष्ण यादवको परिवार । शारीरिक मानसिक विभिन्न घरेलु तनावहरु छन् । केही भन्यो कि पैसा कति चाहिन्छ भन भन्ने परिवारमा के बस्नु् रु त्यो घरमा आउने जाने सबैलाई थाहा थियो, मेरो के हैसियत थियो भन्ने कुरा त्यो परिवारमा तर कसैले पनि पावरको कारणले बोल्न सक्दिनँ भने । त्यसका भ्वाइस कल रेकर्डसमेत मसँग छन् । मसँग चित्रलेखाले मेरो घरमा गएर हल्लाको पनि रेकर्ड छ । चित्रलेखाको परिवारले तेरो सबै फूर्ति निकाल्छु भन्दै डर त्रास दिन थाले । अनि म केही कुराहरु सम्झन नसकेर आफ्नो सबभन्दा नजिकको मानिससँगको सहारा मागें र उसले मलाई सुरक्षित साथ मैले भनेको ठाउँमा पुर्यायो । मलाई धन सम्पत्तिसँग कुनै लोभ छैन । मेरो नाममा जग्गाजमिन सबै दिइहाल्छ किनकि म छोरासँग बिहे गरेर बाबुको बुढी हुन सक्दिनँ । त्यो पापको सम्पत्ति चाहिन्नँ ।ु रानीले अगाडी लेखेकी छिन।
रानी यादव आफ्नो बुहारी भएको स्वीकार गर्दै सांसद चित्रलेखा यादवले भनिन्–उनी गएको फागुन २६ गते सोमबार नै दरबार होटलमा काम गर्ने यामबहादुर विश्वकर्मासँग पोइल गइसकेकी छन् । तपाईका पति श्रीकृष्ण यादवले बुहारीमाथि यौनदुब्र्यवहार गर्नुभएको आरोप सामाजिक संजालमै बुहारीले लगाएकी छन् भन्ने जिज्ञासामा उनले भनिन्–‘महिला सम्बन्धी कानुन यति कडा छन् । यस्तो अवस्थामा कसैले त्यस्तो कल्पना पनि गर्न सक्दैन । रानी यादवको यामबहादुर विकसँग पहिलेदेखि नै लभ परेको रहेछ । मेरो छोरा एक बर्षअघि अमेरिकाबाट आउँदा पनि रानीको विकसँग भिडियो कुराकानी भएको थाहा पाएपछि उसले के हो भनेर सोधीखोजी गरेको थियो । त्यतिबेला साथीसँग कुरा पनि गर्न नपाउने भनेर मोवाइल नै फालेर फुटाएकी थिई । त्यतिबेला हामीले थाहा पाएनौं । शंका पनि गरेनौं । अहिले आएर ऊ विकसँग पोइल गएपछि उनीहरुको प्रेम पहिलेदेखि नै रहेको थाहा पायौं । सीम पनि चेन्ज गरिरहने, ६–७ वटा त सीम नै छ ।’
सांसद यादवले उनी एक बर्षअघि नै यामबहादुरसँग भाग्ने योजनामा रहेको बताइन् । ‘सिराहामा सशस्त्रका डीएसपी प्रेम रावलसँग यमबहादुरले १ बर्षअघि नै एउटी यादव केटी छ, मेरो ऊसँग लभ छ, हामी भागेर इण्डिया जाने भनेका छौं, सेक्युरिटी थ्रेट हुन्छ कि भनेको रहेछ, उनको भनाइ छ । बुहारी रानीसँग लभ परेकाले यामबहादुरले एक दिन दरबार होटलको एमडी बनेर आउँछु भन्दै आएको पनि आफूले कर्मचारीबाट सुनेको बताइन् । रानी २ महिनादेखि जनकपुरमा रहेको र उतैबाट यामबहादुरसँग पोइल गएको दाबी चित्रलेखाले गरेकी छन् । प्रहरी अनुसन्धानमा यामबहादुर विक र रानी जनकपुरमा सँगै होटलमा बसेको खुलेको छ, सांसद यादवले भनिन्, विकसँग पोइल गइसकेपछि मेरो श्रीमान र मेरो बदनाम गर्ने काम ऊबाट भइरहेको छ ।’
यामबहादुर दरबार होटलमै काम गर्ने कर्मचारी रहेको कुरा सांसद यादवको भनाइबाट खुलेको छ । दरबार होटल सांसद यादवका पति डा। श्रीकृष्ण यादवको हो । हाम्रो कुराबाट साभार






