‘आमा’ चौथो हप्तामा प्रवेश, ‘सेन्टी भाइरस’ उत्रियो

जनपत्र
१ चैत्र २०७६, शनिबार ०६:००

फागुन ९ गतेबाट प्रदर्शनमा आएका दुई नेपाली चलचित्र मध्ये ‘आमा’ चौथो हप्तामा प्रवेश गरेको छ भने ‘सेन्टी भाइरस’ मल्टीप्लेक्सहरुबाट उत्रिएको छ। तेस्रो हप्तासम्म प्रर्दशन भइरहेको ‘सेन्टी भाइरस’को व्यापार दिनदिनै कमजोर हुदै गएपछि चौथो हप्ताबाट यस चलचित्र हलबाट उत्रिएको हो । सुरुदेखि चौथो हप्तासम्म आइपुग्दा ‘आमा’ले भने बक्स अफिसमा सुखद कमाइ गरिरहेको छ । प्रदर्शनको दुई दिन सम्म ‘सेन्टी भाइरस’ले पनि आक्रामक व्यापार गरेको थियो । तर, समीक्षकबाट भनेजस्तो प्रतिक्रिया नपाएपछि आइतवारबाट चलचित्रको व्यापार कमजोर हुदैँ आएको थियो । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को ‘सेन्टी भाइरस’को आम्दानीको ५० प्रतिशत भरतपुरमा निर्माणा भइरहेको क्रिकेट रंगशालामा खर्च गर्ने घोषणा गर्दा पनि दुई दिनबाहेक हलमा दर्शक त्यती देखा परेनन् भने ‘आमा’ हेर्न दिनदिनै हलमा दर्शक बढिरहेको पाइएको थियो । बिषेशगरी ‘आमा’को कथावस्तु, प्रस्तुतिलाई दर्शकले रुचाएका छन्।

यसैबीच ‘आमा’ निर्देशक दिपेन्द्र के खनाल र निर्मात्री शर्मिला पाण्डेले एक विज्ञप्ती जारी गरेका छन्। चौथो हप्तासम्म आइपुग्दा चलचित्रले नेपालबाट लगानी सुरक्षित गरी मुनाफा समेत आर्जन गर्न सफल भैसकेको विज्ञप्तीमा उल्लेख छ। विज्ञप्तीमा भनिएको छ–‘चलचित्रलाई देश तथा विदेशबाट प्राप्त भएको स्नेह र मायाको लागि सम्पूर्ण दर्शक, प्रदर्शक, वितरक, पत्रकार तथा समिक्षकहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छौ।ु यस्तैमा अहिले बिभिन्न देशहरुमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका त्रासबीचपनि भिडमा हलसम्म गएर चलचित्र हेर्ने दर्शकलाई निर्माणपक्षले धन्यवाद दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*