मेयर र उपमेयरकाे विवादका कारण एउटै नगरका दुई कार्यालय

जनपत्र
३० फाल्गुन २०७६, शुक्रबार ०६:२७

सर्लाहीको बलरा नगरपालिकाका मेयर र उपमेयरले बेग्लाबेग्लै ठाउँमा कार्यालय स्थापना गरी काम गरिरहेका छन् । आपसी विवादका कारण मेयर अभयकुमार सिंह र उपमेयर रामसखी देवीले अलग(अलग ठाउँमा कार्यालय खोलेपछि सेवाग्राही अलमलमा परेका छन् ।

उनीहरु बीचमा विवाद हुँदा नगरको काम कारबाही प्रभावित भएको छ भने नगरपालिकाको कार्यालय दुई स्थानमा सञ्चालन हुँदा नगरबासी सेवा लिन कहाँ जाने भन्ने अन्योलमा छन् ।

नगरपालिकाको आफ्नो कार्यालय हुँदाहुँदै मेयर सिंहले हथियौलको निजी घरमा कार्यालय राखेर नगरका गतिविधि सञ्चालन गरिरहनुभएको छ । यस्तै उपमेयरले नगरपालिकाकै कार्यालयमा आफ्नो दैनिक कार्य सम्पादन गर्नुहुन्छ ।

मेयर सिंह र उपमेयर रामसखी राष्ट्रिय जनता पार्टीबाट निर्वाचित हुनुभएको हो । एउटै पार्टीबाट मेयर र उपमेयर निर्वार्चित भए पनि आपसमा राम्रो सम्बन्ध नहुँदा कार्यालय दुई स्थानमा राख्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयले बताएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*