अपहरित करिनाको सकशुल उद्दार, ‘विप्लव’ का सिन्धुली सेक्रेटरीसहित १४ जना पक्राउ

जनपत्र
३० फाल्गुन २०७६, शुक्रबार ०६:०१

१४ वर्षीया बालिका करिना मोक्तान तामाङलाई अपहरण गरेर लैजाँदै गर्दा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सिन्धुली सेक्रेटरीसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेकपाका सिन्धुली सेक्रेटरी मनोराम राईसहित प्रहरीले १४ जनालाई बिहीबार उदयपुरको कटारी नगरपालिका-१ बाट पक्राउ गरेको हो।

उनीहरूले अपहरण गरेर लगेका करिनालाई प्रहरीले सकुशल उद्दार गरेको छ। पक्राउ परेका सबैलाई बिहीबार राति १० बजे जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइपुर्‍याएको प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए। पक्राउ परेकाहरूको साथबाट ३ वटा पेस्तोल, ९ राउन्ड गोली, एउटा प्रेसर कुकर बम र ११ वटा सकेट बमसमेत प्रहरीले बरामद गरेको छ।

प्रहरी प्रवक्ता कार्कीले पक्राउ परेका चारै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक, हातहतियार तथा खरखजाना र विस्फोटक पदार्थसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालिने बताए। पक्राउ पर्नेमा धनकुटाको पाख्रिबासकी १९ वर्षीया अनिता राई, कैलालीकी १९ वर्षीया अनुष्का राउत, मोरङको आइतबारेकी १७ वर्षीया सपना राई, मोरङका १५ वर्षीय आशिष श्रेष्ठ, उदयपुरको ताबिलका १८ वर्षीय अविनाश तामाङ, उदयपुरकै गाइघाटका २० वर्षीय आशिष लामा र ताप्लेजुङकी १६ वर्षीया रञ्जना राई रहेका छन्।

सिन्धुलीको जुवाडेका १४ वर्षीय ईश्वर पुन मगर, इलामको फाकफोककी २० वर्षीय मुस्कान राई, सर्लाहीको लालबन्दीकी १६ वर्षीया रीता कार्की, ताप्लेजुङको खोक्सिङका २० वर्षीय विकास राई, इलामको बतासेका १७ वर्षीय आयुस मगर र सुनसरीको इटहरीका विवेक खडका पनि पक्राउ परेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*