कोरोनाको त्रासबीच फ्लोरमा निस्कियो ‘२ नम्बरी’

जनपत्र
३० फाल्गुन २०७६, शुक्रबार ०५:५२

चीनबाट फैलिएको कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेको विश्व स्वास्थ्य सङ्गठनले बताएपछि अहिले हरेकको मनमा त्रास उत्पन्न भएको छ । सरकारले यसको जोखिमलाई मध्यनजर गर्दै देशभर सचेतना तथा जोखिम न्यूनिकरणका उपाय अपनाइरहेको छ । नेपाली फिल्मकर्मीहरुले पनि दर्शकको स्वास्थ्यलाई ख्याल गर्दै फिल्मको प्रदर्शन स्थगित गरिरहेका छन् ।
कोरोनाको बढ्दो प्रकोपलाई नियाल्दै चलचित्र निर्माता संघले सम्भव भएसम्म फिल्मको छायांकन रोक्न विज्ञप्तीमार्फत आग्रह गरिसकेको छ । तर, अहिलेसम्म फ्लोरमा रहेका कुनै फिल्मको छायांकन स्थगित भएको छैन । अर्को वर्षको दशैंमा प्रदर्शनमा आउने दुई ठूला फिल्म ‘परदेशी २’ र ‘ए मेरो हजुर ४’ टिमले निर्माता संघको आग्रहलाई बेवास्था गर्दै छायांकन गरिरहेको छ ।

यसबीच, बिहीवारबाट फिल्म ‘२ नम्बरी’ को पनि छायांकन आरम्भ भएको छ । यस वर्षको ब्लकबस्टर फिल्म ‘छ माया छपक्कै’ का निर्देशक दीपेन्द्र लामाले क्याप्टेनसिप सम्हालेको यो फिल्मको पोखराबाट छायांकन सुरु भएको हो । दुई साथीको कथामा निर्माण हुने फिल्म ३५ दिनसम्म खिचिनेछ । फिल्मको सम्पूर्ण छायांकन पोखरा आसपासमा हुने निर्देशक लामाले बताए ।
फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री उगेन छोदेन ९भुटानी अभिनेत्री० ले पहिलो दृश्य दिएका छन् । फिल्मका अर्का प्रमुख कलाकार द्वय पल शाह र वर्षा राउत भने चैत्र ५ गतेबाट छायांकनमा जोडिनेछन् । भुटानी फिल्मकी चर्चित अभिनेत्री उगेन छोदेनले ‘२ नम्बरी’ बाट नेपाली फिल्ममा डेब्यू गर्न लागेकी हुन् । फिल्ममा उनको जोडी अभिनेता दयाहाङसँग बाँधिएको छ ।
अर्को वर्षको जनै पूर्णिमामा रिलिज हुने फिल्मको निर्मातामा रोहित कट्टेल र सरोज नेपाली रहेका छन् भने प्रस्तुतकर्ता किरण नेपाली हुन् । रत्न श्रेष्ठ फिल्मको कार्यकारी निर्माता हुन् । रेड वर्ड र आरआर फिल्म प्रोडक्शनमा निर्माण हुने फिल्ममा बुद्धि तामाङको पनि अभिनय रहनेछ । अभिनेता द्वय दयाहाङ र पललाई पहिलो पटक पर्दामा हेर्न दर्शकलाई निकै रोचक हुने देखिन्छ । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*