चीनसँगको सिमाना उपल्लो डोल्पामा प्रहरीको उच्च सतर्कता
डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको सुरक्षा व्यवस्था कडाइ गरिएको छ । कोरोना भाइरस प्रभावित देश चीनसँग सिमाना जोडिएकाले पनि उपल्लो डोल्पाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । चीनसँग सिमाना जोडिएका मोरिम्ला र क्याटो नाका उपल्लो डोल्पामै पर्छन् ।
विश्वरभर कोरोना भाइरसको त्रास बढ्दै गएकाले उपल्लो डोल्पाको सुरक्षा व्यवस्था कडाइ गएिको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।






