विप्लव नेतृत्वको नेकपाका सिन्धुपाल्चोक सेक्रेटरीले गरे पार्टी परित्याग

जनपत्र
२८ फाल्गुन २०७६, बुधबार ०६:२१

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सिन्धुपाल्चोक जिल्ला सचिवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय चौतरा पुगेर सो पार्टीका जिल्ला सचिव भुवनसिंह तामाङले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

२०७१ सालदेखि सो पार्टीमा सक्रिय रहेका तामाङ सिन्धुपाल्चोक जिल्ला सचिव तथा विभिन्न जनवर्गीय संगठनमा आबद्ध रहेका थिए । पार्टी परित्यागको घोषणा गर्दै उनले सो पार्टीले लिएको कार्यदिशा एवम् हत्याहिंसाको गतिविधिले राजनैतिक आन्दोलनबाट उपलव्ध संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा प्रत्यक्ष असर पर्ने हुनाले यसप्रति आफ्नो पूर्ण असहमति रहेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*