नेकपा मकवानपुरमा १५७ जना प्रवेश
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी नेकपा मकवाानपुरमा विभिन्न पार्टी परित्याग गरी १ सय ५७ जना प्रवेश गर्नु भएको छ ।
आज आइतबार पार्टी कार्यालयमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१५ का १ सय ५७ जना नेकपामा प्रवेश गर्नु भएको हो । नेकपा प्रवेश गर्नेमा राप्रपाका जिल्ला स्तरीय नेतादेखि नेपाली कांग्रेसका विभिन्न तहका नेता हुनुहुन्छ ।
केही स्वतन्त्र व्यक्तिहरु प्नि नेकपा प्रवेश गर्नु भएको छ । उहाँहरुलाई नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, सचिव प्रेमबहादुर पुलामी, नेकपा हेटौंडा उपमहानगरपालिका इञ्चार्ज श्रीधर पोखरेललगायतले अविर तथा खादालगाएर स्वागत गर्नु भएको थियो ।
नवप्रवेशी चम्पुसिंह वाईवाले नेकपा नेतृत्वको सरकारले देश विकास गरिरहेको भन्दै आफुले नेकपा रोजेको बताउनु भयो । उहाँले नेपाली कांग्रेसलगायतका पार्टीले सत्ताको मोह भन्दा बाहेक यतिका वर्षसम्म पनि देश विकासको नम्ति कुनै योगदान नगरेको भन्दै नेकपालाई समर्थन गर्नुको विकल्प नभएको बताउनु भयो ।
नेकपा मकवानपुरकी अध्यक्ष तथा प्रदेश सांसद मुनु सिग्देलले देशमा नेकपाले मात्रै विकास गर्न सकेको बताउनु भयो । नेकपा सरकारले दुई वर्षमा गरेको काम कांग्रेसले २० वर्षसम्म पनि गर्न नसकेको उहाँको भनाई थियो । कांग्रेसले कहिल्यै पनि देशको विकास र हीतमा काम गर्न नसक्ने सिग्देलले बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामीले नेकपाले मात्र सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना पुरा गर्ने बताउनु भयो । उहाँले नेपाली कांग्रेस अझै भ्रमको खेती गर्दै हिँडेको भन्दै यस्ता खाले भ्रमबाट बच्नको लागि समेत सबै कार्यकर्तालाई सचेत रहन आग्रह गर्नु भयो ।
कार्यक्रम नेकपा हेटौंडा उपमहानगरपालिका अध्यक्ष रघु आचार्यको सभाध्यक्षतामा भएको थियो भने कार्यक्रमको संयोजकत्व नेकपा मकवानपुरका युवा नेता सुनिल मोक्तानले गर्नु भएको थियो । तु खवरबाट ।






