प्रदेश २ को स्थायी राजधानीको टुङ्गो निर्वाचनमार्फत् लगाउने तयारी

जनपत्र
२१ फाल्गुन २०७६, बुधबार ०७:००

प्रदेश २ को नामकरण र स्थायी राजधानीबारे सहमति जुटाउन नसकेपछि प्रदेशसभामा निर्वाचनमार्फत राजधानी र नामको टुङ्गो लगाउने तयारी भएको छ । प्रदेशसभा सचिवालयले मतदानमार्फत प्रदेश २ को नाम र स्थायी राजधानी टुङ्गो लाग्ने भएको जनाएको हो ।
प्रदेशसभा सचिवालयका अनुसार नाम र राजधानीको टुङ्गो लगाउन यही फागुन २३ गते मतदान हुनेछ । फागुन २२ गते बस्ने प्रदेशसभा बैठकमा नामकरण र स्थायी राजधानीबारे टुङ्गो लगाउने प्रक्रियाबारे सदनलाई जानकारी गराएपछि अर्को दिन मतदान गर्ने तयारी भएको हो ।

सभामुख सरोजकुमार यादवले करिब तीन महिनादेखि अवरुद्ध प्रदेशसभा बैठक यही फागुन २२ मा बोलाइएको बताए । उनले फागुन २२ गते दिउँसो १ बजे प्रदेशसभाको बैठकमा प्रदेशको नामकरण र राजधानी टुङ्गो लगाउने प्रक्रियाको कार्यसूचीबारे सदनलाई जानकारी गराइने बताए ।

सभामुख यादवले कार्यसूचीबारे सदनलाई जानकारी गराएपछि फागुन २३ गते बिहान ८ बजेदेखि सदनमा नाम र राजधानीको प्रस्तावमा मतदान प्रक्रिया सुरु हुने जानकारी दिए । उनले प्रदेशको नामकरणका लागि चार र राजधानीका लागि तीन प्रस्ताव दर्ता भएको भन्दै सबै प्रस्तावमा छलफल गरेर दुईतिहाइ मतबाट पारित गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*