भ्रष्टाचारीलाई प्रधानमन्त्रीले संरक्षण गरेको नेता पौडेलको आरोप

हेटौंडा । नेपाली काग्रेशका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आगामी महाधिवेशनका लागि लक्षित गर्दै चुनावी गतिविधि अगाडी वढाएको छ । पौडेल पक्षका नेताहरुको जिल्ला दौडाहा कार्यक्रम गर्ने अभियान अनुसार हेटौंडामा पनि बागमती प्रदेशका पूर्व जिल्ला सभापतिहरुको कार्यक्रम गरेका छन् । यो अभियान अनुसार हेटौंडामा प्रेश युनियानले अयाोजना गरेको पत्रकार सम्मेलन गर्दै पौडेल पक्षका नेताहरुले काग्रेशका सभापति र संस्थापन पक्षका नेता गरेका नराम्रा कामको बारेमा कार्यकर्तालाई जानकारी गराउँदै सरकारको कडा आलोचना समेत गरेका छन् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारका प्रधानमन्त्रीले भ्रष्टाचारीहरुलाई संरक्षण गरेको र देश पूर्ण भष्ट्रचारमा डुबेको बताएका छन् । हेटौंडामा नेपाल प्रेस युनियन मकवानपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले नीतिगत र संस्थागत रुपमा नै देश भष्ट्रचारमा डुबेको बताए ।
विभिन्न काण्डहरु मच्चाएर सरकार विभिन्न क्षेत्रमा भष्ट्रचारमा रहेको बताए । उनले प्रधानमन्त्री जस्तो पदमा बसेर ७० करोड कमिसनको खेलमा लागेका सञ्चारमन्त्रीको ढाकछोप गरि उहाँको आवाजनै होइन भन्दै र कारवाही नगरि रहेको अवस्थामा अब यो नितीगत र संस्थागत भष्ट्रचारको विरुद्ध नेपाली कांग्रेसले विभिन्न चरणबद्ध आन्दोलन गरिने बताए ।
कार्यक्रममा बोल्दै नेता पौडेलले नेपाली कांग्रेसले आफ्नो कर्तव्य, अधिकार र दायित्व निभाउनु जरुरी रहेको बताए । उनले पार्टी सभापतिबीच व्यक्तीगत विरोध नभएको योे नितीगत र प्रवृतिगत मतभेद छ उहाँले जुन प्रवृति र निती छ व्यक्तीहरु लाई पद र पैसामा आफ्नो तागत बढाएको कार्यशैलीमा हाम्रो असहमती रहेको बताए ।
दुई तिहाई सरकारको प्रतिपक्षमा जसरी नेपाली कांग्रेस सशक्त रुपमा उभिनुपथ्र्यो त्यो अनुरुप उभिन नसक्नुको कारण पनि प्रवृति रहेको बताए । नेता पौडेलले १४ औं महाधिवेसन नजिकिदैं गर्दा पार्टी सभापतिले विभिन्न पद बाँडेर विधान विपरित गरेको आरोप लगाए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले १४ औं महाधिवेसन प्रारम्भ भइसकेको अवस्थामा यतिखेर पार्टी सभापतिले विभाग गठन गरेर मान्छेलाई आकर्षित गर्ने काम भइरहेको छ । आचारसंहिता लागु भइसकेको छ । ४ वर्ष सम्म विभाग गठन नगर्ने अहिले आएर २८ वटा विभाग गठन गरिएकोमा हाम्रो असहमति रहेको बताए । पहिला नगर्ने अहिले गर्नुको तात्पर्य केहो ? भन्दै प्रश्न गरे ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य प्रकाशमान सिंहले महाधिवेसनको मिति तोकिसकेको अवस्थामा प्रजातान्त्रिक पार्टी रहेकोले अधिवेसन निष्पक्ष र धाधली रहित तवरले हुनुपर्छ भन्ने बताए । उनले पार्टी सभापतिले गठन गरिएको विभाग महाधिवेसनलाई प्रभावित पार्ने किसिम गरिएको कारणले, निर्वाचन आचारसंहिता लागु भइसकेपछि गठन प्रक्रियाको विरोध गरिएको बताए । पार्टीलाई सुदृढ गर्न, प्रभावकारिता बनाउन पार्टी सभापति शेरबहादुर देउवा समय सुहाउँदो किसिमले नेतृत्व प्रदान गर्न नसकेको बताए । कार्यक्रममा केन्द्रीय सदस्य डा. रामशरण महतले सबैको सहमतीमा हुनुपर्नेमा यहाँ एकतन्त्र प्रवृतिले गर्दा पार्टी्भित्र समस्या रहेको छ । उनले एक भएर जाने गुटगुट भएर होइन भनि अपिल गरे ।