प्रधानमन्त्रीको ‘प्याकेज लबिङ’, गौतमलाई सिफारिस नगरी छलफल गर्न तयार
ष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्न नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ले सिफारिस गरेसँगै भएको आन्तरिक विवाद सुल्झाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्याकेज निर्णयको लबिङ शुरू भएका छन् । पार्टीले सिफारिस गरेपनि गौतमलाई राष्ट्रिय सभामा सदस्य बनाउन ओलीले नयाँ प्रस्ताव अघि सारेका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रिय सभा सदस्य बनेका खतिवडाको कार्यकाल आगामी २५ फागुनमा मात्रै समाप्त हुने भन्दै प्रधानमन्त्री ओलीले २१ गतेअघि नै टुंग्याउन आवश्यक नभएको तर्क गरेका छन् । शुक्रवार दिनभर सहमतिको प्रयास गरेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि दुवै अध्यक्षबीच उत्पन्न टकराव मत्थर पार्न सक्रिय बने ।
उनले शनिवार बिहान पनि प्रधानमन्त्री ओलीसँग छलफल भएका विषयमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुसँग टेलिफोनमा छलफल गरेको नेकपा स्रोतले जनाएको छ । पार्टीभित्र भएको आन्तरिक द्वन्द्व न्यूनीकरण गर्नका लागि दुवै अध्यक्षलाई आग्रह गरेका नेपालले पार्टीभित्र विवाद कायमै राख्नेभन्दा पनि समाधान गर्नेतर्फ लाग्न सुझाएको नेकपा स्रोतले बतायो । प्रधानमन्त्री ओलीले तत्कालका लागि पार्टीले सिफारिस गरेका उपाध्यक्ष गौतम र अर्थमन्त्री युवराज खतिवडा दुवैलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस नगरी छलफल गर्न आफू तयार भएको बताएका छन् । आजको राजधानीमा खबर छ ।






