प्रदेश प्रहरी भर्नाको तयारी शुरू

जनपत्र
१६ फाल्गुन २०७६, शुक्रबार ०६:२१

प्रदेश २ सरकारले प्रदेश प्रहरी भर्नाको तयारी शुरू गरेको छ । संघीय सरकारले प्रहरी गठनसम्बन्धी आवश्यक कानून बनाएसँगै प्रदेश सरकारले प्रहरी भर्नाको तयारी गरेकोे प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए । मन्त्री यादवको अनुसार प्रहरी भर्नाका लागि प्रदेश लोकसेवा आयोगले पाठ्यक्रम र परीक्षाको ढाँचा तयार गरिरहेको छ  भने मन्त्रालय विनियमावली र निर्देशिका तयारमा जुटेको छ । ‘सरकारले प्रहरी भर्नाका लागि विभिन्न तयारी गरिरहेको छ,’ उनले भने, ‘प्रहरी अधिकारी र सुरक्षा विज्ञसँग छलफल गरेर विनियमावली र निर्देशिकालाई छिट्टै टुंगो लगाइनेछ ।’

प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवले प्रहरी भर्नाका लागि पाठ्यक्रम र परीक्षाको मोडालिटीलाई अन्तिम रूप दिने काम भइरहेको बताए । आगामी फागुनसम्म भर्नाका लागि आवश्यक सबै प्रक्रिया टुंग्याउने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*