व्यापारीहरूको इशारामा अर्थमन्त्री फेर्ने खेल भएको प्रधानमन्त्रीको आरोप

जनपत्र
१५ फाल्गुन २०७६, बिहीबार ०६:२४

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले व्यापारीहरूको इशारामा अर्थमन्त्री युवराज खतिवडालाई हटाउन लागिएको आरोप लगाएका छन्। सचिवालय बैठकमा ओलीले अर्थमन्त्री खतिवडालाई हटाउने योजनाका साथ उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान खोजिएको समेत बताएका थिए।

‘तपाईंहरू बाहिर छलफल गरेर यहाँ निर्णय सुनाउने तरिकाले आउनुहुन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो, ‘मन्त्रिपरिषदले गर्ने निर्णयमा समेत अंकुश लगाएर कसरी हुन्छरु’ श्रोतका अनुसार मंगलबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डुको निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतम भेला भएका थिए।

खुमलटार भेलाले ओलीलाई अल्पमतमा पारेर काम गर्न अप्ठयारो पार्ने योजना समेत बनाएको बालुवाटारको आरोप छ। सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको केही बेरमै प्रधानमन्त्री ओलीले सचिवालय सदस्य माधव नेपाललाई सचिवालय निर्णय मान्न नसक्ने बताएका थिए। त्यसपछि ओली र नेपालबीच बालुवाटारमा छलफल भएको थियो। नेपालसँगको भेटमा समेत ओलीले व्यापारीका दबाव र इशारामा गरिएको निर्णय कार्यान्वयन गर्न नसकिने बताएको श्रोतको दावी छ।

दुई नेताबीच समसामयिक विषयमा समेत छलफल भएको थियो। ‘अर्थमन्त्री खतिवडाको कामबाट आत्तिएका केही व्यापारीले वामदेवजीलाई अगाडि सारेका छन्,’ प्रधानमन्त्री निकट श्रोतले भन्यो, ‘६ महिनासम्म खतिवडा नै अर्थमन्त्री रहनुहुन्छ। अर्को कुरा वामदेवजीलाई राष्ट्रिय सभामा अहिले नै लैजाने भनेर पनि भनिएको छैन।’ अर्थमन्त्री खतिवडाको राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल फागुन २१ गते सकिँदैछ। सेतोपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*