सचिवालय बोलाउन प्रधानमन्त्री ओलीलाई नेता नेपालको सुझाव

जनपत्र
१५ फाल्गुन २०७६, बिहीबार ०६:२२

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्रको विवाद थप चर्किएको छ । बुधबार सचिवालय बैठकले गरेको निर्णय प्रधानमन्त्री केपी ओलीले कार्यान्वयन नगर्ने अडान लिएपछि विवाद थप बढ्ने देखिएको छ ।

सचिवालय बैठक पछि बरिष्ठ नेता माधवकुमार नेपाल सँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सिफारिस नगर्ने अडान लिएका छन् । सचिवालयको बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो ।

बालुवाटार स्रोतका अनुसार, नेता नेपालले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई सचिवालय बैठकको निर्णय बिपरीत नजान आग्रह गरेका थिए । नेता नेपालले ओलीलाई सचिवालय बैठकमा यही कुरा नराखेर अहिले यस्तो कुरा गर्न नहुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*