बुद्धीचालसंघका अध्यक्ष र सचिव अवुदावीमा

जनपत्र
१४ फाल्गुन २०७६, बुधबार १९:२९

हेटौंडा । नेपाल बुद्धीचाल संघका केन्द्रीय अध्यक्ष एकालाल श्रेष्ठ भोलीबाट अवुदावीमा सुरु हुने अन्तराष्ट्रिय बुद्धीचाल महासंघको साधारण सभामा भागलिन आज त्यसतर्फ लाग्नुभएको छ । महासंघको ९० औं साधारणसभामा भागलिन अवुदावी पुग्नु भएको हो ।

भोलीदेखि सुरु हुने साधारण सभा तीन दिन सम्म चल्ने अध्यक्ष श्रेष्ठले वताउनुभयो । हरेक वर्ष विश्वका फरक फरक देशमा बुद्धीचाल महासंघको कार्यक्रम हुँदै आएको छ । यो सभामा भागलिन अध्यक्ष श्रेष्ठ विभीन्न देशमा पुग्नुभएको छ ।

अध्यक्ष श्रेष्ठसंगै बुद्धीचालसंघ केन्द्रीय सचिव धरम लामा पनि अवुदावी पुग्नुभएको छ । कार्यक्रममा विभीन्न देशका बुद्धीचालसंघका प्रतिनिधिहरुको सहभागिता रहने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*