युवकलाई कुकुरलाई झैं डाेर्याउने युवती
चीनको फुजियान प्रान्तस्थित फुझोउ शहरमा केही अघि एउटी युवतीले कुकुर बाँध्ने सिक्रीले बाँधेर एक युवकलाई बाटोमा डोहोर्याइन् । घाँटीमा सिक्री बाँधिएका ती युवक मालिकको इशारामा कुकुर हिँडेझैँ गरी अनुशासनपूर्वक हिँडेका थिए । सडक अति व्यस्त हुने समयमा शहरको मूल सडकमा युवतीले कुकुरलाई झैँ गरी युवकलाई डोहोर्याउँदै गरेको देखेर सबै छक्क परेका थिए ।
‘युवतीले अग्लो हिल भएको जुत्ता लगाएकी थिइन् र कुकुरलाई झैँ युवकलाई पछि लगाएर हिँडिरहेकी थिइन् । ती युवक पनि बफादार कुकुरजसरी चार हातखुट्टा टेकेर युवतीले डोहो¥याएको दिशातिर हिँडिरहेका थिए,’ समाचारमा भनिएको छ । बटुवा, ड्राइभर, मोटरसाइकल चालक र यात्रु सबैले सो विचित्र दृश्य अचम्म मान्दै हेरेका थिए । ‘बेलाबेलामा ती युवती सडकमा उभिन्थिन् र युवकको टाउको मुसार्दै बटुवाहरूसँग ‘यो मेरो प्यारो कुकुर हो’ भन्थिन्,’ समाचारमा भनिएको छ ।
उनीहरूको चालामाला लामो समयसम्म चलेपछि प्रहरीले हस्तक्षेप गरेको थियो र जुनसुकै प्रयोजनका लागि गरिएको भए पनि त्यस्तो काम रोक्न भनेको थियो । त्यसपछि ती युवतीले पुरुषलाई सिक्रीबाट मुक्त गरेकी थिइन् र दुवैजना बेपत्ता भएका थिए । उनीहरू को हुन् र किन त्यसो गरे भन्ने चाहिँ थाहा हुन सकेको छैन । एजेन्सी






