पाकिस्तानी संसदको ड्युटीमा किन खटाइँदैछ बिरालो ?

जनपत्र
२० भाद्र २०८१, बिहीबार ०८:३३

पाकिस्तानी संसदको सुरक्षामा अब बिरालोलाई पनि खटाइने भएको छ । संसदमा खटिने बिरालो खरिदका लागि पाकिस्तानको राजधानी विकास प्राधिकरणले १२ लाख पाकिस्तानी रुपैयाँ बजेट विनियोजन गरेको छ ।

जियो न्युजका अनुसार संसदमा बढ्दो मुसाको बिगबिगी नियन्त्रणका लागि बिरालोलाई ड्युटीमा खटाउन लागिएको हो ।

पाकिस्तानी संसदमा मुसाको संख्या लगातार बढिरहेको छ । मुसाले संसदका महत्वपूर्ण कागजात पनि नष्ट गर्न थालेपछि अधिकारीहरू चिन्तित बन्न थालेका थिए ।

मुसाले संसदका विद्युत तथा इन्टरनेटका तार समेत काटेर हैरान पार्ने गरेका छन् । त्यसैले मुसा आतंकबाट मुक्ति पाउनका लागि संसदमा बिरालो खटाउने निर्णय गरिएको हो ।

प्राधिकरणले मुसा नष्ट गर्नका लागि निजी विज्ञहरुको समेत सहयोग लिने योजना बनाइरहेको छ । यसका अलावा मुसा पक्रिनका लागि विशेष खालको मुसादानी पनि राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*