‘आमा’ को सुखद ओपनिङ, माउथ पब्लिसिटी बलियो

जनपत्र
११ फाल्गुन २०७६, आईतवार ०६:०१

शुक्रवारबाट प्रदर्शनमा आएको दीपेन्द्र के। खनाल निर्देशित फिल्म ‘आमा’ ले बक्सअफिसमा सुखद ओपनिङ गरेको छ । शुक्रवार मल्टीप्लेक्समा ६० प्रतिशत र सिंगल थिएटरमा ४५ प्रतिशतको आसपास अकुपेन्सी कायम गरेको फिल्म शनिवार बिहानैदेखि देशभर हाउसफुल रहेको वितरकले जानकारी दिएका छन् । विशेषगरि फिल्म हेर्ने दर्शकको चाप मल्टीप्लेक्समा राम्रो छ ।
आमा र छोरीको भावनात्मक सम्बन्धको कथा वाचन गरेको फिल्मलाई दर्शकबाट उम्दा प्रतिक्रिया मिलेको छ । शुक्रवार फिल्मका कलाकार, निर्देशक र निर्मात्री राजधानीका विभिन्न हल पुग्दा दर्शकहरु फिल्म हेरेर भावुक हुँदै फर्किएका थिए । दर्शकले फिल्मको कथावस्तु, कलाकारको अभिनय र प्रस्तुतीको प्रशंसा गरेका छन् । प्रायः दर्शकले फिल्मलाई ‘मास्टरपिस’ भनेका छन् ।
फिल्म हेर्न युवा वर्गका दर्शकहरु आमालाई साथ लिएर हल पुगेका छन् । फिल्मको वितरणको जिम्मा लिएका करण क्रेजीले फिल्म हेर्न हलमा नयाँ दर्शक बढी देखिएको बताए । परिवारसँग फिल्म हेर्न आउने दर्शकको उपस्थिति बाक्लो रहेको उनको भनाई छ । उनले फिल्मको शुक्रवारको कमाईबाट सन्तुष्ट रहेको बताउँदै शनिवारबाट हलमा दर्शकको ‘फ्लो’ बढेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*