महरालाई बाबुरामले भने – जे हुनु भैगयो, अब बृहद सामाजिक र राष्ट्रिय मुद्दामा केन्द्रित होऔं

जनपत्र
६ फाल्गुन २०७६, मंगलवार ०६:१७

पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आफ्नो पूर्व अनुमान अनुसार नै फैसला आएको प्रतिक्रिया दिएका छन् । जबरजस्ती करणी प्रयासको मुद्दामा महरालाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएपछि डा। भट्टराईले आफ्नो ट्विटर ह्यान्डलमा महराको मुद्दा कानूनी नभएर नैतिक भएकाले बताए ।

उनले खेका छन्, ‘महराको मुद्दा कानूनी नभएर नैतिक हो भन्ने मेरो अनुमान अनुरूप नै फैसला आएछ । शायद सत्य त्यही हो । मियाँ बीबी राजी तो क्या करेगा काजी जो भनिन्छ ।’ यद्यपि सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क हुनुपर्ने भन्दै अब राष्ट्रिय मुद्दामा केन्द्रित हुन आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*