नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेद्वारा पदभार ग्रहण

जनपत्र
६ फाल्गुन २०७६, मंगलवार ०६:०५

नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले पदभार ग्रहण गरेकी छिन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि सिंहदरबारमा रहेको मन्त्रालयमा उनले आजैै पदभार ग्रहण गरेकी हुन्।

पदबहालीका क्रममा मन्त्री तुम्बाहाङ्फेले संविधानले व्यवस्था गरेका मौलिक हक कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली आगामी चैत मसान्तभित्र मस्यौदा गरिसक्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गरेकी थिईन्। सो अवसरमा उनले कानून मन्त्रालयले स्थिरता प्राप्त गरेको प्रतिक्रिया दिईन् । यसअघि तुम्बाहाङ्फे प्रतिनिधिसभाको उपसभामुख थिईन्।

नवनियुक्त मन्त्री शिवमाया तुम्बाहाङले सिंहदबारस्थित मन्त्रालयमा सोमबार पदभारपछि पत्रकारसँग कुराकानी गर्दै ।
विसं २०२० मा जन्मनुभएका नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले ‘नेपालको राजनीतिमा महिला आन्दोलन’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेकी छिन्। उनले एक दशक त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापकका रूपमा प्राध्यापन गरेकी थिईन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*