बागमती प्रदेशका भौतिक पूर्बाधार विकास मन्त्री रामेश्वर फुँयालद्वारा सपथ र पदभार ग्रहण

भिमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणमा प्राथमिकता दिने मन्त्री फुयालको भनाई ।
जनपत्र
५ फाल्गुन २०७६, सोमबार १८:३२

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले आज बागमती प्रदेशकोे भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुँयाललाई सपथ खुवाउनु भएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फुयाललाई नियुक्त गरेसंगै प्रदेश प्रमुखले सपथ खुवाउनुभएको हो । तत्कालिन मन्त्री केसव स्थापीतलाई वर्खास्थ गरेपछी भौतिक पूर्वाधार मन्त्रालय पनि मुख्यमन्त्रीले समाल्दै आउनुभएको थियो ।

सपथ ग्रहणपछी मनत्री फुयालले आफुले पाएको जिम्मेवारी पुरा गर्ने वताउनुभयो । सवैभन्दा पहिले सुरुङमार्ग निर्माणमा जोड दिने मन्त्री फुयालले वताउनुभयो । पूर्वाधारका कामलाई तिव्र गतिमा अगाडी वढाउन आफु तयार रहेको वताउनुभयो ।
लामो प्रयासपछी फुयाललाई मन्त्री वनाउन मुख्यमन्त्री सफल हुनुभएको हो ।

सपथग्रहणपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले प्रदेश सरकारको गौरबको योजनाको रुपमा रहेको सुरुङमार्ग निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । प्रदेशको विकासमा दिनरात नभनी काम गर्ने भन्दै अबको तीन महिनामा परिणाम देखिने गरी कार्य अघि बढने बताउनुभयो ।

पत्रकारहरुलाई तीन महिनापछि भौतिक निर्माणमा भएको प्रगतिको फोटो खिच्न निमन्त्रणा समेत गर्नुभयो । प्रदेशकको सफाई, कर्मचारीहरुमा भएका कमजोरीलाई सच्याउने कार्य पनि आफ्नो प्राथमिकतामा पर्ने उनले बताए । प्रदेश सरकारको योजनालाई चुस्त दुरुस्त पार्नको लागि उनले आजैबाट कार्य अघि बढाउने समेत बताउनुभयो ।

यसअघिनै मन्त्री वनाउने भनिएपनि पार्टी भित्रको विवादका कारण समस्या भएको थियो । यसअघि नै मन्त्री बन्ने चर्चामा रहेका फुयाँलको माघ २९ गते शपथ हुने भनिए पनि आन्तरिक समस्याका कारण रोकिएको थियो । सामाजिक विकासमन्त्री युवराज दुलालले पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा आफू रहन तयार रहेको भन्दै लविङ गरेपछि गत महिनाको २९ गते नै हुने भनिएको शपथ रोकिएको थियो ।

मन्त्रीमा नियुक्त भएका फुँयाललाईआज साँझ प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईंले शपथ खुवाउनु भएको हो । मुख्यमन्त्रीले समाल्दै आएको मन्त्रालय फुँयालले सम्हाल्ने भएपछि आजैै भौतिक पूर्वाधार मन्त्रालयमा १२ बजेसम्म बसेर बाँकी रहेका सबै काम मुख्यमन्त्री डोरमणि पौडेलले मिलाइसक्नुभएको छ । पार्टीका केन्द्र र प्रदेशका नेताहरुसँगको लामो परामर्शपछि मुख्यमन्त्री पौडेलले प्रदेशको सबैभन्दा ठूलो मन्त्रालय जिम्मा फुँयाललाई लगाउनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*