बागमती प्रदेशमा स्थगित भएकोे भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयालको सपथ आज हुँदै

माघ २९ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा फुयाललाई सपथ खुवाउने तयारी भएपनि आन्तरिक विवादका कारण स्थगित भएको सपथ ग्रहण आज पाँच वजे हुने भएको हो ।
हरि हुमागाईं
५ फाल्गुन २०७६, सोमबार १३:४२

हेटौंडा । बागमती प्रदेशकोे भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुयाललाई नियुक्त गरिएसंगै आज दिउसो सपथ ग्रहण गर्न लागिएको छ । यसअघि माघ २९ गते अन्तिम समयमा आएर फुयालको सपथ ग्रहण तत्कालका लागि स्थगित गरिएको थियो । भौतिक पूर्वाधार मन्त्रीको सपथ माघ २९ गते ४ वजेका लागि तोकिएको थियो । तर, त्यतीवेला पार्टीको निर्देशन अनुसार रोकिएको थियो । आज भने सपथ ग्रहण पाँच वजे गर्ने अन्तिम तयारी थालिएको छ । मन्त्री फुयालको सपथ ग्रहणका लागि मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको प्रदेश प्रमुखको कार्यालयका एक कर्मचारीले वताए ।

आज पनि सपथ ग्रहण गर्ने विषयमा वाहिर भने जानकारी गराइएको छैन । सपथ ग्रहणका विषयमा पहिले पनि गोप्य भन्दा भन्दै सूचना बाहिरीएपछी अन्तिम समयमा आएर सपथग्रहण रोकिएको थियो । सपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री कार्यालयमा सवै तयारी भइसकेको श्रोतले जानकारी दिइएको छ । बाहिर कुरा लिक हुने डरले मुख्यमन्त्री निकटका केही व्यक्तिलाई भन्दा यो विषय बाहिर ल्याइएको छैन ।

आज पाँच वजेका लागि सपथ ग्रहण गर्ने तयारी हिजोनै भएपनि मुख्यमन्त्री कार्यालय र प्रदेशका अधिकांस मन्त्रीहरुलाई फुयालको सपथका विषयमा यो समाचार तयार पार्दा सम्म जानकारी गराइएको छैन । आज सपथ ग्रहण हुने र भोली देखि मुख्यमन्त्रीले समाल्दै आउनुभएको मन्त्रालय फुयालले समाल्ने भएपछी आज भौतिक पूर्वाधार मन्त्रालयमा गएर बाँकी रहेका सवै काम मुख्यमन्त्री पौडेलले गरिसक्नु भएको छ ।
सपथग्रहण गराउनका लागि प्रदेश प्रमुखको कार्यालयमा जानकारी दिइएको छ । त्यसैगरी मुख्यमन्त्री कार्यालयलाई जानकारी गराइएको छ । धेरै प्रदेशसभा सदस्य र प्रदेशका मन्त्री सम्मलाई पनि आज विहान सम्म यसविषयमा जानकारी नभएको वताएका छन् । तर, सपथ ग्रहणको अन्तिम तयारी थालिसकिएको छ ।

अहिले भने प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले काठमाण्डौमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसंगको भेटपछी फेरी फुयाललाई मन्त्रीमा सपथ ग्रहण गर्ने बाटो खुलेको हो ।
त्यतीवेला नेकपा बागमती प्रदेश कमिटिले फुयाललाई मन्त्री नवनाउन निर्देशन दिएको थियो । अहिलेका सामाजिक विकास मन्त्री युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्रालयमा जाने भन्ने विषयले पनि चर्चा पाएको थियो । तर, मुख्यमन्त्री पौडेलले मन्त्रालय परिवर्तन गर्न नदिने र पहिले पूर्व एमालेले पाएको मन्त्रालय पूर्व एमालेका फुयाललाई दिने भनेपछी पार्टी भित्र विवाद उत्पन्न भएको थियो । अहिले भने प्रधानमन्त्री ओलीसंगको छलफलपछी फुयाललाई मन्त्रीमा आजै सपथ ग्रहण गराउनेगरी मुख्यमन्त्री हिजोनै हेटौंडा फर्कनु भएको हो ।

फुयाललाई मन्त्री वनाउने चर्चा जताततै यसअघि दुईपटक भएपनि आज पनि भने उहाँलाई सपथग्रहण गराउने निश्चित भएको हो । भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त हुनुभएका फुयालका लागि झण्डावाला गाडी तयारी हालमा राखिएको छ । फुयाल पनि तयारी हालतमा रहनुभएको श्रोतले जनाएको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले काठमाण्डौ जिल्ला क्षेत्र नम्बर ३ प्रदेशसभा २ बाट निर्वाचित फुयाललाई बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीका रुपमा नियुक्त गर्नुभएको हो । फुयाललाई मन्त्री वनाउने टुङ्गो हिजो काठमाण्डौमा लगाएपछी साँझ उहाँ हेटौंडा फर्कनुभएको हो । पार्टीका केन्द्र र प्रदेशका नेताहरुसंगको लामो परामर्षपछी उहाँलाई प्रदेशको सवैभन्दा ठुलो मन्त्रालय मुख्यमन्त्री पौडेलले जिम्मा लगाउन लाग्नुभएको हो ।

प्रदेश सरकार गठन भएको दुईवषको बार्षिक कार्यक्रम सकिएपछी दिउसो सकिए लगतै फुयालको सपथ ग्रहण गरिने तयारी भएपनि त्यतीवेला सपथ स्थगित गरिएको थियो । उहाँलाई आजै प्रदेश प्रमुखको कार्यालय सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको मुख्यमन्त्री कार्यालयले जानरकारी दिएको छ ।

यसअघि संविधानसभाका सदस्य समेत रहनुभएका फुयाल लामो राजनीतिक यात्रापछी पहिलोपटक मन्त्री वन्न लाग्नुभएको हो । तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री केसव स्थापीतलाई मुख्यमन्त्री पौडेलले वर्खास्थ गरेपछी रिक्त रहेको मन्त्रालयको काम आफैले समाल्दै आउनुभएको थियो । अहिले त्यही मन्त्रालयमा फुयाललाई नियुक्त गर्नुभएको हो ।

बागमती प्रदेशको स्थायी राजधानी र नामाकरणपछी फुयाल मन्त्री वन्ने चर्चा निकै चलेको थियो । तर, चर्चा सेलाउनै लागेको वेलामा उहाँलाई मन्त्री वनाउन लागिएको हो । बागमती प्रदेशमा नेकपाका प्रमुख सचेतक समेत रहनु भएका फुयाल लामो राजनीतिक यात्रापछी मन्त्री वन्न लाग्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*