बागमती प्रदेश सरकारले ७० औ प्रजातन्त्र दिवस भव्य रुपमा मनाउँदै

हेटौंडा । वाग्मती प्रदेशमा ७० औ प्रजातन्त्र दिवस विविध कार्यक्रमहरुको आयोजना गरि भब्य रुपमा मनाउने तयारी गरेको छ । आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बैठकले ७० औं प्रजातन्त्र दिवसको लागि वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य सचीव रहेको मुल समारोह समिति गठन गरेको छ ।
मुल समारोह समिति सदस्यहरुमा प्रदेश सरकारका मन्त्रीहरु, जिसस मकवानपुर प्रमुख, प्रदेश प्रमुख सचिब, हेउनपाप्रमुख, प्रदेश सरकारका सचीव ज्युहरु, सुरक्षा प्रमुखहरु, पत्रकार लगायत विभिन्न कार्यलय प्रमुखहरु रहेको १९ सदस्यीय मुल समारोह समिति गठन गरेको छ ।
७० औ प्रजातन्त्र दिवसको अवसरमा फाल्गुन ६ गते सार्वजनिक स्थल,बाटो,कार्यलय परिसर सफाइ गर्ने फाल्गुन ७ गत्ते बिहान ८ बजे बुद्ध चोकबाट प्रभात फेरि गरि मुख्यमन्त्री कार्यलयमा प्रदेश प्रमुखको प्रमुख आतिथ्यमा कार्यक्रम र फाल्गुन ६,७,८ गते सबै मन्त्रालय ,आयोग ,निर्देशनालय ,आदि कार्यलयहरुमा दिपावली गरि भव्य रुपमा मनाउने बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री जम्कट्टेलले जानकारी गराउनु भयो ।