सरकार विकासका लागि दिनरात सक्रिय छ : प्रधानमन्त्री ओली

जनपत्र
४ फाल्गुन २०७६, आईतवार ०७:०४

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मुलुकको विकासका लागि दिनरात सक्रिय बनेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्दै शनिबार उनले मुलुकको विकासका लागि सरकार सचेत भई देखिनेगरी विकासको गतिमा लम्केको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकार गठनको दुई वर्ष पुगेको उपलक्ष्यमा संघीय संसद्को प्रतिनिधिसभालाई सम्बोधन गर्दै दुई वर्षको समयमा नीतिगत रूपमा काम गरेको र अबको दिनमा देखिनेगरी विकासको बाटोमा लम्कने बताए ।

उनले सरकारको काम कारबाहीको विषयमा नकारात्मक प्रश्न उठ्ने गरेको बताउँदै भएका सकारात्मक विषयलाई विशेष महत्त्व दिनुपर्ने बताए। उनले आफ्नो कार्यकालमा प्राप्त उपलब्धिको फेहरिस्त पनि सुनाए । राजधानी दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*