‘कबड्डी’ अभिनेत्री रिश्माले कसिन् लगनगाँठो

जनपत्र
४ फाल्गुन २०७६, आईतवार ०७:०३

रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी रिश्मा गुरुङ ९मैयाँ० बैबाहिक जीवनमा बाँधिएकी छन् । पछिल्लो पटक ‘कबड्डी’ को तेस्रो पार्टमा देखिएकी उनले शुक्रवार पोखरामा प्रेमी सन्दिप गुरुङसँग लगनगाँठो कसेकी हुन् । विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । फिल्मकर्मी कोही उपस्थित भएका थिएनन् ।

रिश्माले ‘कबड्डी’ को दुई सिरिजमा प्रमुख भूमिका निर्वाहा गरेकी थिइन् । ‘कबड्डी’ को तेस्रो सिरिजमा भने उनको सानो भूमिका थियो । उनको ठाउँमा निर्देशक रामबाबु गुरुङले अभिनेत्री उपासना सिंह ठकुरीलाई सोल्टिनीको भूमिकामा प्रस्तुत गरेका थिए । ‘कबड्डी’ पछि रिश्माले ‘झुम्की’ नामक फिल्ममा अभिनय गरेकी थिइन् । उनले केही गुरुङ फिल्ममा पनि अभिनय गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*