तेश्रो बागमती गोल्डकपको उद्घाटन खेलमा आयोजक विजयी

जनपत्र
३ फाल्गुन २०७६, शनिबार १९:२६

हेटौँडा /पुर्वी मकवानपुरको वागमती गाउँपालिकाको फापरबारीमा आजबाट भएको तेश्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती गाउँपालिका विजयी भएको छ ।

प्रतियोगितामा आयोजकले सर्लाहिको बागमती नगरपालिकालाई १-० ले पराजित गरेको हो । खेल सुरु भएको १० मिनेट भित्रै वागमतीको लागि जर्सी नंबर १८ का बाबुराम माझीले गोल गरेका हुन् । उनको गोलनै आयोजकको लागि विजयी गोल बन्यो ।

त्यसैगरी भोलि आइतबारको खेल डाँफे युवा क्लब र नव जागृति युवा क्लब बिच हुने आयोजकले जनाएको छ।गोल्डकपको गृह मन्त्रि राम बहादुर थापाले शनिबार एक समारोह बीच उदघाटन गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*