प्रचण्डको गिरिजा प्रसङ्ग आंशिक सही हो : नेता भट्टराई

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ’ले दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताउनुभएको छ ।
शुक्रबार संसद भवन बाहिर पत्रकारहरुसँगको कुराकानीमा डा। भट्टराईले तत्कालीन राजा ज्ञानेन्द्रले शाहले २०६२ माघमा घोषणा गरेको नगरपालिका निर्वाचन विथोल्नका स्व। गिरिजाप्रसाद कोइरालाले आग्रह गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सानो कुरालाई बढाइचढाइ गर्ने प्रचण्डको बानी छ । १२ बुँदे समझदारीको ड्राफ्ट गर्ने म पनि हुँ । उहाँहरुले शान्तिपूर्ण ढङ्गले र हामीले फौजी ढङ्गले प्रहार गर्ने सहमति भएको थियो । हामीले युद्धविराम भङ्ग गरेर जाने निर्णय गर्दा उहाँ ९गिरिजा० ले ‘ठोक्नुपर्यो’ भनेर चाहिँ भन्नुभएको हो ।’ उज्यालोबाट