मनहरीमा काँग्रेस परित्याग गरी नेकपामा प्रबेश

जनपत्र
१ फाल्गुन २०७६, बिहीबार १९:४३

मनहरी–नेपाली काँग्रेसमा सक्रिय युवाहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएका छन् । मनहरी गाउँपालिका वडा नं ३ सिद्धकालीका युवाहरु २५ औँ जनयुद्ध दिवसको अबसरमा आयोजित कार्यक्रमका क्रममा नेकपा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा पूर्णबहादुर घलान, अनिल प्रजा, सन्जय प्रजा, सागर प्रजा, लालबहादुर प्रजा, श्यामबहादुर प्रजा र विवेक थिङ रहेका छन् ।

पूर्णबहादुर स्थानीय प्रजा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन् । उनी तत्कालीन माओवादी जनयुद्धमा जनमुक्ति सेनामा समाहित भएका लडाकु हुन् । उनीहरुलाई नेकपाकी केन्द्रीय सदस्य कुमारी मोक्तान, प्रदेश कमिटी सदस्य ओमबहादुर ग्लान (प्रदीप), जिल्ला सचिवालय सदस्य राजाराम स्याङ्तान, मनहरी गाउँँ कमिटी अध्यक्ष रामप्रसाद कालाखेती लगायतले स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*