ललिता निवास प्रकरण : पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउन माग गर्दै सर्वाेच्चमा रिट

जनपत्र
१ फाल्गुन २०७६, बिहीबार ०६:२७

लिता निवास जग्गा प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधानमन्त्रीलाई नीतिगत निर्णय भन्दै छुट दिएर अरु १ सय ७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । तर वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियारको निर्णय गलत भएको भन्दै दुवै पूर्वप्रधानमन्त्रीलाई भ्रष्टाचारको मुद्दा चलाउनुपर्ने माग गर्दै रिट निवेदन दर्ता गराएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।

रिटमा मन्त्रिपरिषदले गरेका सबै निर्णय नीतिगत हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्याख्या गलत भएको वरिष्ठ अधिवक्ता न्यौपानेले दावी गर्नुभएको छ ।उज्यालोबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*