हेटौंडाको वन क्षेत्रमा अवैध उत्खनन्, लोडर नियन्त्रणमा

चुरेक्षेत्रको खहरे वनक्षेत्रमा अबैध रुपमा उत्खनन् गर्ने लोडर नियन्त्रमा लिएर वनमुद्धा चलाउने डिभीजन वन कार्यालयले तयारी गरेको छ ।
जनपत्र
२९ माघ २०७६, बुधबार ०४:४१

हेटौंडा । हेटौंडाको चुरेक्षेत्रमा रहेको भाेर्ले खाेलामा उत्खनन् गर्ने व्याकहोइ लोडर डिभीजन वन कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ आरामटारी स्थित भाेर्ले खाेलामा अबैध रुपमा उत्खनन् गरेको भन्दै डिभीजन वन कार्यालयलयले व्याक लोडर नियन्त्रणमा लिएको हो ।

बातावरणणिय प्रभाव मुल्याङकन (आईई) समेत नगरेको वन क्षेत्रमा रहेको खहरेबाट वालुवा उत्खनन् गरेको देखेर स्थानीयले खवर गरेपछी नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेलले वताउनुभयो । खहरे खोलामा अनाधिकृत उत्खनन् गर्दै वालुवा सप्लाई गरेको सूचनाका आधारमा लोडर नियन्त्रणमा लियएको थियो ।

डिभीजन वन कार्यालयको वन क्षेत्र भएकाले नियन्त्रणमा लिइएको लोडर सहित वनमुद्धा चलाउने तयारी गरिएको छ । उत्खनन् गर्दै गर्दा लोडर वरामद गरेपनि चालक भने वनरक्षक देखेपछी फरार रहेको पौडेलले जानकारी दिनुभयो । लोडर भने जिल्ला वन कार्यालय मकवापनुरको हाताभित्र राखिएको छ । चुरेको वनक्षेत्रमा उक्त लोडरले उत्खनन् गरेको स्थानीयको भनाई छ । वनरक्षक गस्ती गर्दै जानेक्रममा नियन्त्रणमा लिइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*